
काठमाडौं, वैशाख २६ । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले निष्पक्ष, पारदर्शी र सबैको हक–हीतलाई ध्यानमा राखेर आयोगको कार्ययोजना बनाइने बताएका छन् ।
आयोगको काम–कारबाही र आगामी योजनाका विषयमा बिहीबार प्रतिनिधिसभाअन्तर्गत्को महिला तथा सामाजिक समितिले जानकारी लिन बोलाएको बैठकमा अध्यक्ष सुवेदीले आयोग समावेशी र समानुपातिक ढंगले अगाडि बढ्ने विश्वास दिए ।
उनले केन्द्रमा आयोग सबल भएपछिमात्रै प्रदेश र स्थानीय तहसम्म शाखा कार्यालय स्थापना गरिने जानकारी दिए ।
अध्यक्ष सुवेदीले अरु आयोगहरुसित समावेशी आयोगको क्षेत्राधिकार बाझिने अवस्था रहेको भन्दै आयोग–आयोगबीच काम, कर्तव्य र क्षेत्राधिकारबारे निम्तनसक्ने विवादबारे छलफल गरेर टुंगो लगाउने बताए ।
समितिमा सांसदहरुले आयोगका आगामी योजनाकाबारे जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्