
विराटनगर, जेठ १० । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै पनि हालतमा संविधान पुनर्लेखन गर्न नसकिने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सिटौलाले संविधान जारी भइसकेको अवस्थामा कुनै पनि हालतमा पुनर्लेखन गर्न नसकिने बताएका हुन् ।
मधेसी मोर्चाले संविधान पुनर्लेखनको माग उठाइरहेका बेला नेता सिटौलाले पुनर्लेखन गर्न संसद्लाई अधिकारसमेत नरहेको बताए ।
मधेसी मोर्चाका नेताहरुले संविधानको पुनर्लेखनको माग गर्नुको कुनै औचित्य नभएको उहाँको भनाइ थियो ।
नेता सिटौलाले सरकारले बजेट प्रस्तुत् गरेपछि संविधान कार्यान्वयनलगायतका विषयमा प्रमुख राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्