२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सरकारको भन्डाफोर गर्ने देउवाको चेतावनी, ‘प्रधानमन्त्रीको झूठा आश्वसन अब टिक्दैन’


0
Shares

काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले जनतालाई झूठा आश्वासन दिएर सत्ता टिकाउन खोजेको आरोप लगाएका छन् ।

नेपाल महिला संघको अञ्चलस्तरीय नेतृत्वसम्बन्धी प्रशिक्षणको सोमबार राजधानीमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीका झूठा आश्वासन अब धेरै नटिक्ने बताए ।

उनले सरकार आफैंले ढाँटेर जनताप्रति विश्वासघात गरेको भन्दै त्यसको भन्डाफोर गरिने चेतावनी दिए ।

अहिलेको आवश्यकता संविधान कार्यान्वयन भएपनि सरकारले त्यसो गर्न नचाहेको उनको आरोप थियो ।

सभापति देउवाले असन्तुष्ट दलहरुसँग वार्ता गर्नुको साटो सरकारले अनावश्यक र उच्छृंखल टिप्पणी गरेर उत्तेजित बनाउने काम गरिरहेको आरोप लगाए ।