७ असार २०८२, शनिबार | Sat Jun 21 2025


१७८ वर्षपछि पुनः देखियो चरा


0
Shares

चितवन, जेठ १० । चितवनमा १७८ वर्षपछि सिम्रिक कामे लियो सिल्ला नामको चरा भेटिएको छ ।

देशमा लोप भएको सूचीमा रहेको यो चरा वर्ड एजुकेसन सोसाइटी र नेपाल पक्षीविद् संघको टोलीले दाहाखानीको चिसापानी टारमा फेलापारेको हो ।

वर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु बिडारीकाअनुसार १७८ वर्षअघि विदेशीले नेपालमा चरा संकलन गर्नेक्रममा यो जात देखिएको भएपनि त्यसयता नदेखिएपछि लोप भएको सूचीमा राखिएको थियो ।

चाचरे प्रजातिको रातो रंगको यो चरा पुनः देखिएसँगै जिल्लामा चराको प्रजाति ६३१ पुगेको उनले बताए ।

नेपालमा ८७८ प्रजातिका चरा पुगेका छन् ।

खोजीकार्यमा पक्षीविद् डा हेमसागर बराल, नेपाल पक्षीविद् संघका पूर्वी क्षेत्र संयोजक बद्री चौधरीलगायत सहभागी थिए ।

सोसाइटी र नेपाल पक्षीविद् संघले नयाँ जातको चराको खोजीकार्यलाई तीव्रता दिँदै आएको छ ।

चितवनमा चराको अवलोकनका लागिसमेत विदेशी पर्यटक आउने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जमा प्रशस्त मात्रामा चरा देख्न पाइन्छ । रासस

फाइल फोटो