२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


पार्टीका पातपतिंगर सबै हावाले उडायो : गजुरेल


0
Shares

सिन्धुलीमाढी, जेठ १० । नेकपा माओवादी क्रान्तिकारीका उपाध्यक्ष सीपी गजुरेलले नराम्रा व्यक्तिहरुले पार्टी छाडेकाले अब पार्टी बल्ल शुद्धीकरण भएको बताएका छन् ।

नेकपा माओवादी क्रान्त्रिकारी सिन्धुली जिल्ला समितिले सोमबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले कम्युनिस्ट आन्दोलनका अस्तित्वहीन व्यक्तिहरुले पार्टी छाड्दैमा पार्टीलाई कुनै असर नपर्ने दाबी गरे ।

अहिले एकताको ठूलो हावाहुरी चलेको र हावाहुरीमा पार्टी छाडेर जानेलाई पतिंगरको संज्ञा दिँदै उनले अडिन नसक्नेहरु सबै उडेर गएकाले आफूहरुका एजेन्डामा कुनै असर नपरेको बताए ।

अहिले कम्युनिस्ट सबै एकता भयो भनेर माओवादीले हल्ला फैलाएपनि कम्युनिस्ट र गैरकम्युनिस्टको मिश्रण भएको र निर्वाचनमुखी भएको उनको टिप्पणी थियो ।

यही असार ५ गते पार्टीको राष्ट्रियय भेला हुने जानकारी दिँदै उनले पार्टीले तत्काल आन्दोलन नगर्ने तर पार्टी र संगठनलाई पुनर्गठन गर्ने बताए ।

युद्धकालीन मुद्दाका सवालमा माओवादीहरुसँग कार्यगत् एकता हुनेपनि उनले बताए । रासस

फाइल फोटो