७ असार २०८२, शनिबार | Sat Jun 21 2025


थालेसिमियाका बिरामीलाई लक्षित गरी बजेट विनियोजन हुने (भिडियो रिपोर्ट)


0
Shares

प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, जेठ १० । नेपालमा थालेसिमिया रोग देखिएको १२ वर्षपछि स्वास्थ्य मन्त्रालयले चासो देखाएको छ ।

मन्त्रालयले आगामी आर्थिक वर्षदेखि यो रोग नियन्त्रणका लागि पहल सुरु गर्ने भएको हो ।

नेपालमा १२ वर्षदेखि थालेसिमियाका बिरामी भेटिँदै आएको भएपनि नियन्त्रणका लागि सरकारले कुनै पहल गरेको थिएन ।

तर, आगामी आर्थिक वर्षदेखि भने थालेसिमिया भएका मानिसलाई सहयोग पुर्‍याउन स्वास्थ्य मन्त्रालयले बजेट नै विनियोजन गरेर विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको छ ।

नजिकको नातामा बिहे गर्दा उनीहरुबाट जन्मेका सन्तानमा थालेसिमिया रोग लाग्छ । थालेसिमिया वशाणुगत् रोग हो ।

बच्चा जन्मेको ६ महिनादेखि नै यो रोगको लक्षण देखा पर्न थाल्छ भने कसै–कसैमा भने १३ वर्षपछि पनि लक्षण देखापर्ने चिकित्सकहरुले बताएका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।