२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


‘मधेसको असन्तुष्टिलाई संविधान संशोधनमार्फत् सम्बोधन गर्नुको विकल्प छैन’


0
Shares

राजविराज, जेठ १० । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनका लागि मधेसको असन्तुष्टिलाई संविधान संशोधनमार्फत् सम्बोधन गर्नुको विकल्प नरहेको बताएका छन् ।

नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर–३ ले सोमबार राजविराजमा आयोजना गरेको ‘देशको वर्तमान समसामयिक, राजनीतिक अवस्था र कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेस नेतृत्वमै बनेको संविधान कार्यान्वयनका लागि पनि कांग्रेसबाटै अग्रसरता हुनुपर्नेमा जोड दिए ।

सिटौलाले वर्तमान सरकारले मंसिरमा स्थानीय निकायको चुनाव गराउने भनेपनि राजनीतिक सहमति बिना त्यो सम्भव नहुने जिकिर गरे ।

गोष्ठीमा बोल्दै कांग्रेसका नेता गगन थापाले वर्तमान सरकार चुनावको कुरा उठाएर सत्ता लम्ब्याउने खेलमा लागेको आरोप लगाए ।