१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


कमिसनको जालोमा परेर कांग्रेसले द्रुतमार्ग बनाउन अवरोध गर्‍यो : नेपाल


0
Shares

बारा, जेठ १० । नेकपा एमालेका नेता माधवकुमार नेपालले ‘कमिसनको जालोमा परेर कांग्रेसले काठमाडौं–निजगढ द्रुतमार्ग बनाउन अवरोध गरेको’ आरोप लगाएका छन् ।

सोमबार बाराको निजढमा संसदीय विशेष सरोकार समूह अन्तर्राष्ट्रिय विमानस्थल तथा द्रुतमार्ग आयोजकले गरेको छलफलमा उनले ‘कमिसनकै कारण मुलुक आर्थिक समृद्धितर्फ फड्को मार्न नसकेको हो’–भने ।

आगामी बजेटमा द्रुतमार्ग र हुलाकी राजमार्गले विशेष स्थान पाउने उनको दाबी थियो ।

कार्यक्रममा बारा, पर्सा, रौतहट, र सर्लाहीका २० सभासदहरुको सहभागिता रहेको थियो ।

उनीहरुले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल र द्रुतमार्ग निर्माणमा सरकार गम्भीररुपले लाग्नुपर्ने माग गरेका थिए ।