
काठमाडौं, जेठ १० । सोमबार पनि शेयर बजारमा ‘बुलिस ट्रेन्ड’ कायमै रह्यो ।
बजार परिसूचक र कारोबारले दैनिक नयाँ रेकर्ड कायम राख्नेक्रम यसदिन पनि जारी रह्यो ।
नेप्से १४ अंकले बढेर १५ सय २४ को नयाँ उचाई कायम गर्न सफल रह्यो । कारोबार पनि हालसम्मकै उच्च एकैदिन डेढ अर्बको शेयर किनबेच भयो ।
बीमा समूहमा २ सय ६१ अंकको उच्च बृद्धि आयो । विकास बैंक समूह १२ अंकले र वाणिज्य बैंक समूह पनि १० अंकले बढ्यो । उत्पादनमूलक र होटल समूह नगन्य अंकले सकारात्मक रहे । जलविद्युत्, अन्य र वित्त समूह भने ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३५ कम्पनीको ३३ लाख ६२ हजार कित्ता शेयर १ अबृ ४५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्