१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


नवीकरणीय ऊर्जा प्रविधिमा नयाँ अनुदान नीति


0
Shares

काठमाडौं, जेठ १० । नेपाल सरकारले नवीकरणीय ऊर्जा प्रविधिहरुमा दिँदै आएको अनुदान नीतिलाई परिमार्जन गरेको छ ।

यो नीतिलाई मन्त्रिपरिषदको आर्थिक तथा पूर्वाधार समितिको बैठकमा छलफलपछि स्वीकृति प्रदान गरिएको हो ।

सन् २०३० सम्म देशका सबै जनतालाई स्वच्छ, भरपर्दो र सर्वसुलभरुपमा  नवीकरणीय ऊर्जा पुर्‍याउने लक्ष्यकासाथ नवीकरणीय ऊर्जा अनुदान नीति २०७३ आएको छ ।

साथै, यस नीतिको कार्यान्वयनमार्फत् परम्परागत् र आयातित ऊर्जामाथिको निर्भरतालाई कम गर्दै नवीकरणीय ऊर्जाको पहुचमा बृद्धि गरी विशेष गरी ग्रामीणस्तरमा थप रोजगारीका अवसरहरु सिर्जना गरी जनताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्य  राखिएको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले जनाएको छ ।