२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


सडक कालोपत्र गर्न माग गर्दै बौद्धमा प्रदर्शन


0
Shares

काठमाडौं, वैशाख २६ । समयमै सडक कालोपत्र नभएको भन्दै राजधानीस्थित बौद्धमा स्थानीयबासी विरोध प्रदर्शनमा उत्रिएका छन् । बौद्ध व्यापार संघ र स्थानीयबासीले बिहीबार बिहानदेखि बौद्धमा सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले सडक कालोपत्र गर्न नथालेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरुले समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाहीको मागसमेत गरेका छन् ।

विभिन्न प्लेकार्ड बोकेका प्रदर्शनकारीहरु सडकमै बसेका छन् ।

तस्वीर : रासस