१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


क्रसर उद्योगका कारण भूक्षय र वातावरणीय समस्या


0
Shares

सिन्धुली, जेठ ११ । गैरकानुनी रुपमा सञ्चालित क्रसर उद्योगका कारण तराईका विभिन्न जिल्लामा वातावरणीय समस्या सिर्जना भएको छ ।

सिन्धुली, धनुषा, महोतरी र सर्लाहीको सिमा क्षेत्र चुरे भावर र त्यस आसपासमा गैरकानुनी रुपमा सञ्चालित क्रसर उद्योगले वातावरणीय समस्या निम्त्याएको हो ।

क्रसर उद्योगले मनपरी ढंगले कमला, रातु, जलादलगायतका नदीबाट उत्खनन् गरिरहेकाले भूक्षय र वातावरणीय समस्या उत्पन्न गराएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

सरकारले चुरे पहाड र भाव क्षेत्रमा सञ्चालित गैरकानुनी क्रसर उद्योग बन्द गराउने निर्णय गरे पनि त्यस्ता उद्योग अझै सञ्चालनमा रहेका छन् ।

नदी किनारामा जथाभावी रुपमा ढुंगा, वालुवा, रोडा उत्खनन् गरिंदा चुरे पहाड कमजोर भएको र उचाइसमेत घट्दै जाँदा वातावरणीय समस्या उत्पन्न भएको सरोकारवालाहरुको भनाइ छ ।

त्यसैगरी नदीको सतह घट्दा सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगाएतका जिल्लाका लाखौं हेक्टर खेतीयोग्य जमिन सिंचाईको अभावले वगरमा परिणत भएको छ ।