
काठमाडौं, जेठ ११ । सर्वदलीय बैठकमा मधेसी मोर्चाले उठाउँदै आएका मागबारे छलफल भएको छ । मधेसी मोर्चाका नेताहरु सहभागी नभएको बैठकमा अन्य दलहरुले भने वार्ताबाट समाधान खोज्न दलहरुलाई सुझाव दिएका छन् ।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले मधेसी मोर्चासँग वार्ता गरी समाधान खोज्न सुझाव दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको बैठकमा मोर्चाका माग सम्बोधन गर्नेबारे छलफल भएको हो ।
प्रतिक्रिया दिनुहोस्