
काठमाडौं, जेठ ११ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले जमिन वितरण गर्दैमा सुकुम्बासी तथा भूमिहीनका समस्या समाधान नहुने बताएका छन् ।
राष्ट्रिय भूमि अधिकार मन्चले मंगलबार एमाले मुख्यालय धुम्बाराहीमा गरेको कार्यक्रममा उनले जमिनमा व्यक्तिको स्वामित्व कायम रहँदासम्म समस्या यथावत् रहने जिकिर गरे ।
कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मन्चले भूमि अधिकारबाट बन्चित हलिया, गोठाला, बालीघरे, हरुवा, चरुवा र कमलरीलगायतका परिवारलाई आवास, रोजगारी र जमिनसहित पुनःस्थापना गर्नुपर्नेलगायतका १६ बुँदे माग पेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्