
डम्मर बुढा मगर
बागलुङ, वैशाख २६ । बागलुङको निसीखोलामा पिकअप भ्यानबाट खसेर एक बालकको मृत्यु भएको छ ।
निसीखोला वडा नम्बर ३ को बोहरागाउँमा लु१च ६७५२ नम्बरको भ्यानबाट खसेर स्थानीय १२ वर्षीय लघु सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।
भ्यानबाट खसेर अर्का एक बालक घाइते छन् । भ्यानबाट खस्दा १२ वर्षीय विष्णु सुनार घाइते भएका हुन् । उनलाई उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको शर्माले बताए ।
तीव्र गतिमा गुडेको भ्यान स्पिड ब्रेकरमा उफ्रिँदा दुवै बालक खसेका थिए । घाइते भएका दुवैलाई उपचारका लागि बुर्तिबाङ ल्याउने क्रममा लघुको मृत्यु भएको हो ।
घटनापछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले भ्यान र चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्