२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


दाहाललाई तीन दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश


0
Shares

काठमाडौं, जेठ ११ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अवहेलना मुद्दामा तीन दिनभित्र अदालतमा उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले मंगलबार दाहाललाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

द्वन्द्वकालीन मुद्दामा अदालतको आदेशबारे टिप्पणी गरी अदालतको मानहानि गरेको भन्दै दाहालविरुद्ध गत जेठ ४ मा रिट परेको थियो ।

फाइल फोटो