
कन्चनपुर, जेठ ११ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा विभिन्न विद्यार्थी संगठनहरुले गरेको तालाबन्दी मंगलबार खोलिएको छ ।
विश्वविद्यालयका उपकुलपतिविरुद्ध उत्रिएका ६ ओटा विद्यार्थी संगठन र विश्वविद्यालय विद्यार्थी कल्याणकारी समितिबीच ताला खोल्ने सहमति भएपछि ताला खोलिएको हो ।
तर, उपकुलपति, रजिष्ट्रार र परीक्षा नियन्त्रकको कार्यालयमा लगाइएको ताला भने अझै खोलिएको छैन ।
प्रतिक्रिया दिनुहोस्