१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


जेम एन्ड ज्वेलरी एक्सपो सम्पन्न


0
Shares

काठमाडौं, जेठ ११ । काठमाडौंमा ३ दिनसम्म चलेको जेम एन्ड ज्वेलरी एक्सपो–२०१६ उत्साहजनकरुपमा सम्पन्न भएको छ ।

मेला समापनको अवसरमा आयोजना गरिएको ‘ज्वेलरिजम’ फेसन सोका अवसरमा आयोजकले मेला व्यवसाय प्रवद्र्धनका दृष्टिकोणबाट अत्यन्त सफल भएको दाबी गरेका हुन् ।

मेलाको समापन गर्दै सभामुख ओनसरी घर्तीमगरले व्यवसायीहरुलाई छवि सुधार गर्दै निर्यात्मुखी व्यवसायमा अग्रसर हुन आग्रह गरिन् ।

उनले यस क्षेत्रमा देखिएका कानुनी झन्झट आगामी दिनमा समाधान गर्ने आश्वासन पनि दिइन् ।

मेला संयोजक रमेश महर्जनले मेलामा प्रत्यक्ष कारोबारभन्दा पनि व्यवसायको प्रवद्र्धनमा सफलता मिलेको बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले यस मेलाबाट नेपाल आधुनिक गरगहनामा आत्मनिर्भर एवं निर्यात्तर्फ अग्रसर भएको बताए ।

यस्तै, हस्तकला महासंघका अध्यक्ष धर्मराज्य शाक्यले हालै गठन गरिएको जेम एन्ड ज्वेलरी काउन्सिलका कारण नेपालमा जेम, ज्वेलरी एवं हस्तकलाको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धन हुने बताए ।

मेलाको आयोजना नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ एवं नेपाल हस्तकला महासंघको संयुक्त आयोजना भएको हो ।