७ असार २०८२, शनिबार | Sat Jun 21 2025


बाढीले बगाएर दुईजना बालकको मृत्यु, ५० वटा घर बगे


0
Shares

बाजुरा, जेठ १२ । बाजुरामा भीषण वर्षासँगै आएको बाढीले बगाउँदा दुई बालकको ज्यान गएको छ । बाढीले बगाउँदा ४ जना घाइते भएका छन् ।

म्ंगलबार अपराह्नपछि परेको पानीका कारण बाजुराको रुगिन गाविस–६ स्थित कवाडी खोलामा आएको बाढीले बस्ती नै बगाएको प्रहरीले जनाएको छ ।

बाढीले बगाउँदा १० वर्षका निखिल बुढा र ६ वर्षका दीर्घ बुढाको ज्यान गएको हो । गाउँमा रहेका झण्डै ५० वटा घर पनि बगाएको प्रहरीले जनाएको छ । घाइते ४ जनाको रुगिन स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।