२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


मनपरी शुल्क उठाउने विद्यालयलाई कारबाही नगरे विद्यार्थीले आन्दोलन गर्ने


0
Shares

काठमाडौं, जेठ १२ । संयुक्त विद्यार्थी संगठनले मनपरी शुल्क उठाएर शिक्षामा व्यापारिकरण गर्ने शैक्षिक संस्थालाई कारबाही गर्न माग गरेको छ ।

संगठनले आज राजधानीमा पत्रकार सम्मेलन गरी अधिकांश निजी विद्यालयले मनपरी शुल्क उठाएको, संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यान्वयन नगरेको र अधिकांश शिक्षक बिदामा बस्ने गरेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।

विद्यार्थी संगठनले रातो बंगला, आईडियल मोडल, लिटिल एन्जेलस, जेम्स, बृहस्पति, सिद्धार्थ बनस्थली, ग्यालेक्सी, अक्सिडेन्टललगायतका विद्यालयमा अनुगमन गर्दा निर्देशिका पालना नभएको जनाएका छन् ।

विद्यार्थी संगठनका नेताहरुले अनुगमनका क्रममा विद्यालयहरुमा शैक्षिक गुणस्तर नभएको, छात्रवृत्ति अपारदर्शी भएको, नियमविपरित विदेशी शिक्षकको नियुक्ति, बैदेशिक सहायताको दुरुपयोग भएको पाइएको बताएका छन् ।

उनीहरुले विद्यालयभित्रको अनियमितता अनुगमन गरी शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाइसकिएको भन्दै अनियमितता गर्नेलाई कारबाही गर्न माग गरेका छन् । सम्बन्धित निकायले कारबाही प्रक्रिया शुरु नगरे कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।