७ असार २०८२, शनिबार | Sat Jun 21 2025


धादिङमा दुर्घटना, एकको मृत्यु, १९ जना घाइते


0
Shares

धादिङ, जेठ १२ । धादिङमा बुधबार भएको दुई छुट्टाछुट्टै दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अरु १९ जना घाइते भएका छन् ।

गजुरी–१ चालिसेमा भारतीय नम्बर प्लेटको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालक चितवनका ४५ वर्षीय कृष्णभक्त पुडासैनीको मृत्यु भएको हो ।

मोटरसाइकलमै सवार १९ वर्षीया मनु पुडासैनी घाइते भएकी छन् । उनलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

यस्तै, काठमाडौंबाट चितवन आउँदै गरेको ट्रकले जोगीमारा–९ मझिमटारमा काठमाडौं जाँदै गरेको बसलाई ठक्कर दिँदा बसका चालकसहित १८ जना घाइते भएको इलाका प्रहरी कार्यलय गजुरी, धादिङले जानकारी दिएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।