काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलको खराब लय जारी छ ।
कोरोना महामारीपछि सुरु भएको प्रिमियर लिगमा आर्सनलले लगातार दुई खेलमा पराजित भएको छ ।
पहिलो खेलमा म्यान्चेस्टर सिटीसँग ३–० ले हारेको आर्सनल दोस्रो खेलमा गएराति ब्राइटनसँग २–१ ले पराजित भयो ।
ब्राइटनको मैदानमा भएको खेलमा आर्सनलका निकोलस पेपेले पहिलो गोल गरे ।
तर, खेलको अन्तिम १५ मिनेटमा ब्राइटनले २ गोल ग¥यो । उसका लागि लेविस डंक र निल मौपेले एक एक गोल गरे ।
प्रिमियर लिग फुटबलकै अन्य खेलहरुमा लेष्टर सिटी र वाट्फोर्डले १–१ गोलको बराबरी खेल्दा वुल्भरह्याम्प्टन वान्डरर्सले वेष्ट ह्याम युनाइटेडलाई २–० ले हरायो ।
प्रिमियर लिगकै अर्को खेलमा क्रिष्टल प्यालेसले बर्नमाउथलाई २–० ले हरायो ।
यसैबीच प्रिमियर लिग फुटबलमा आज तिन खेल हुनेछन् । आज शीर्ष स्थानको लिभरपुलले एभर्टनसँग खेल्दा चेल्सी र एस्टन भिल्ला तथा न्युकासल युनाईटेड र सेफिल्ड युनाइटेड भिड्नेछन् ।




प्रतिक्रिया दिनुहोस्