
काठमाडौं, जेठ १२ । काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएको मधेसी मोर्चासहितको संघीय गठबन्धनले बुधबार काठमाडौंको बालाजु–बाइपासमा विरोधसभा गरेको छ ।
विरोधसभामा बोल्ने नेताहरुले सरकार समस्या समाधानका लागि गम्भीर नभएको आरोप लगाउँदै गठबन्धनको नाममा पत्र पठाए वार्तामा बस्ने बताए ।
त्यसअघि, बालाजुचोकबाट सुरु भएको विरोधजुलुस बाइपास पुगेर विरोधसभामा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्