७ असार २०८२, शनिबार | Sat Jun 21 2025


नक्कली शैक्षिक प्रमाणपत्रधारी प्रहरीविरुद्ध आरोपपत्र दायर


0
Shares

काठमाडौं, जेठ १२ । महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत् प्रहरी नायब निरीक्षक सुधीरविक्रम शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा बुधबार आरोपपत्र दायर गरेको छ ।

शाहले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार इन्टरमिडियट शिक्षा परिषद पटना, भारतबाट सन् १९९५ मा आइए तह उत्तीर्ण गरेको भनिएको प्रमाणपत्र नक्कली एवं झुठा देखिन आएको आयोगले जनाएको छ ।

उनीउपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दन्ड–सजाय हुन माग दाबी गर्दै आयोगले आरोपपत्र दायर गरेको हो । रासस