Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


सन्दीप परेनन् टिममा


0
Shares

काठमाडौं, वैशाख २५ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–२० क्रिकेटको ‘इलिमिनेटर’ खेलमा बुधबार (आज) राति दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद खेल्दैछन् ।

विशाखापट्नममा हुने खेलमा दिल्लीले टस जितेर पहिले बलिङ गर्दैछ ।

विजेता टिम दोस्रो ‘क्वालिफायर’मा पुग्नेछ भने पराजित हुने टिम प्रतियोगिताबाटै बाहिरिनेछ ।

दिल्ली सात वर्षमा पहिलोपटक ‘प्लेअफ’मा पुगेको हो । हैदरावाद साविक उपविजेता टिम हो ।

लिगमा दुवै टिमले आपसमा एक/एक खेल जितेकाले पनि इलिमिनेटर खेल रोमान्चक हुने अपेक्षा गरिएको छ ।

सन्दीप टिममा परेनन्

यो खेलमा पनि नेपाली क्रिकेटर सन्दीप लामिछाने दिल्लीबाट मैदानमा उत्रने छैनन् ।

यसअघि, दिल्लीले अमित मिश्रा र अक्षर पटेलसँगै सन्दीपलाई पनि खेलाउने सम्भावना भएको बताएको थियो ।

अमित र अक्षरले समान ९/९ विकेट लिँदा सन्दीपले ६ खेलबाट ८ विकेट लिइसकेका छन् ।

यो खेलको विजेताले दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससित खेल्नेछ । चेन्नईले पहिलो क्वालिफायर खेलमा मंगलबार राति मुम्बई इन्डियन्ससित ६ विकेटको हार व्यहोरेको थियो ।