१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


शेयर बजारको बुलिस ट्रेन्डमा ब्रेक


0
Shares

काठमाडौं, जेठ १२ । शेयर बजारको ‘बुलिस ट्रेन्ड’मा बुधबार ‘ब्रेक’ लागेको छ ।

पछिल्ला दिन निरन्तरजसो उच्चदरले उकालो लाग्दै आएको शेयर बजारमा बुधबार ‘करेक्सन’ आएको हो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से २० अंकले ओरालो लागेर १५ सय २४ मा आइपुग्यो । कारोबार भने यसदिन पनि उच्च नै रह्यो ।

जलविद्युत् र विकास बैंक समूहबाहेक अरु कारोबार भएका सबै समूह ओरालो लागेसँगै नेप्सेमा उच्च गिरावट आएको हो ।

बीमा समूहमा १ सय ३५ अंकको गिरावट आयो । उत्पादनमूलक समूहमा ३१ अंकको कमी आयो । वाणिज्य बैंक समूहमा २६ अंकको गिरावट आयो ।

होटल समूह १६ अंकले झर्यो । वित्त र अन्य समूह सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको १९ लाख बढी कित्ता शेयर १ अर्ब ४५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।