
काठमाडौं, जेठ १२ । शेयर विश्लेषक रविन्द्र भट्टराईको शेयरसम्बन्धी नयाँ पुस्तक ‘शेयरबाट करोडपति’को बुधबार राजधानीमा विमोचन गरिएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष गोकर्ण अवस्थी र मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपानेले संयुक्तरुपमा पुस्तकको विमोचन गरे ।
लेखक भट्टराईले समाजमा भएका घटनाक्रमलाई शेयरमा जोडेकाले सुरुबाट शेयरमा प्रवेश गरेकालाई पुस्तक उपयोगी रहेको दाबी गरे ।
सेजनका अध्यक्ष अवस्थीले पुस्तकमा शेयर बजारका प्राविधिक विषयहरु सजिलोसँग लेखिएको बताए ।
उनले पुस्तकमा लेखिएको ‘मिहिनेत नगरी शेयरबाट पैसा कमाइन्छ’ भन्ने भनाइमा भने असहमति जनाए ।
साहित्यकार न्यौपानेले शेयरसम्बन्धी अत्यन्त कम ज्ञान भएको व्यक्तिका लागि पुस्तक उपयोगी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्