७ असार २०८२, शनिबार | Sat Jun 21 2025


द्वन्द्वका मुद्दा ब्यूँताइए सुरक्षा निकायले सामूहिक प्रतिरक्षा गर्ने


0
Shares

काठमाडौं, जेठ १३ । मुलुकका चार सुरक्षा निकायले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविनका नाममा आफ्ना उच्चअधिकृत र अन्य दर्जालाई दोषी देखाइन सकिने भन्दै त्यसको प्रतिरक्षाका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेका छन् ।

नेपाली सेनाको मूख्यालय भद्रकालीमा बुधबार पूर्वरथी तथा उच्च अधिकृतसँगको छलफलका क्रममा यस्तो समिति गठन भएर कार्य प्रारम्भ भएको जानकारी दिइएको थियो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विषयमा अध्यावधिक गराउने र अन्य समसामयिक विषयमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको सेनाद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

उच्च सुरक्षा स्रोतका अनुसार नेपाली सेनाका कानुन हेर्ने सहायक रथी रत्नबहादुर थापाको नेतृत्वमा समिति गठन गरिएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट