१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


जलविद्युतको शेयर फाराम नपाएपछि स्थानीय आक्रोसित


0
Shares

पाँचथर, जेठ १३ । काबेली बी वान जलविद्युत् आयोजनाको शेयर फाराम नपाएपछि स्थानीयबासिन्दा आक्रोसित भएका छन् ।

अरुण कावेली हाइड्रो पावर कम्पनीले बनाइरहेको आयोजनाको शेयर खुला भएपछि फाराम नपाएको भन्दै स्थानीय आक्रोसित भएका हुन् ।

आयोजनाको शेयर खरिदका लागि स्थानीयबासिन्दा सदरमुकाम धाइरहेका छन् । शेयर बिक्रीको प्रबन्धक सिद्धार्थ क्यापिटल बैंकले पाँचथरका लागि सप्तकोसी डेभलपमेन्ट बैंक फिदिम शाखा र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सलाई फारम वितरण गर्ने जिम्मा दिएको छ ।

कम्पनीले ताप्लेजुङ र पाँचथरका स्थानीयका लागि १५ लाख कित्ता सेयर बिक्री गर्न यही जेठ ३ गतेदेखि १७ गतेसम्मको समय दिएर खुला गरेको छ ।

पहिलो चरणमा १५ लाख कित्ता बराबरको फारम नभरे असार पाँच गतेसम्म म्याद थप गरिने सप्तकोसी डेभलपमेन्ट बैंक शाखा फिदिमका प्रबन्धक दुर्गाप्रसाद खतिवडाले बताए ।

कम्पनीको १ अर्ब ५० करोडको लगानी मध्ये एक अर्ब पाँच करोड रुपैयाँ संस्थापक समूहकै लगानी छ । १५ करोड स्थानीय वासिन्दा र बाँकी ३० करोड रुपैयाँको सेयर सर्वसाधारणका लागि छुट्याइएको हो ।