७ असार २०८२, शनिबार | Sun Jun 22 2025


जबरजस्ती यातायात बन्द गराउँदै हिड्ने १५७ जना पक्राउ


0
Shares

काठमाडौं, जेठ १३ । ट्राफिक जरिवाना बढाएको विरोधमा यातायात व्यवसायी र मजदूरहरुले गरेको चक्काजामका क्रममा केही सवारी साधनमाथि तोडफोड भएको छ ।

यसैबीच जबरजस्ती यातायात बन्द गराउने र तोडफोडमा संलग्न हुने १ सय ५७ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको गौशाला, बालाजु र ललितपुरका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यातायात बन्द गराउन हिँडेकाहरुले राजधानीको सुकेधारामा बा १ ज  १५९९ नम्बरको ट्याक्सी, टेकुमा ना. १ ज ८४१३ नम्बरको टाटासुमो र टेकुमा बा २ ज २००० नम्बरको ट्याक्सी तोडफोड गरेको प्रहरीले जनाएको छ ।