
-प्रकाश लम्साल, ईमेज
बारा, जेठ १३ । बारामा संसदीय क्षेत्र विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम ब्यापक दुरुपयोग भएको छ । सांसदहरुको गैरजिम्मेवारी कार्यका कारण कार्यक्रमको रकम दुरुपयोग भएको हो । संसदीय क्षेत्र विकास कोषमार्फत् प्रतिसांसद २५ लाख रुपैयाँका दरले पाउने रकम बारामा चन्दामै खर्च भएको पाइएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र पूर्वाधार विकासको रकम कीर्ते जालसाझी गरेर उपभोक्ता समिति बनाई दुरुपयोग भएको भेटिएको छ ।
६ जना निर्वाचित र ४ मनोतित गरी १० सांसद रहेको बारामा बार्षिक ११ करोड रकम दुई शीर्षकमा बिनियोजन हुने गरेको छ । तर पनि विकासको रकम पर्याप्त नभएको र आफ्नो क्षेत्रमा रकम दुरुपयोग नभएको दाबी गर्छन् क्षेत्र नम्बर ६ का सांसद मधु शाही ।
आफू नजिकका मान्छे र पार्टी कार्यकर्तामार्फत आयोजना निर्माणका काम गर्ने प्रवृत्तिका कारण ठूलो रकम अनियमितता हुने गरेको सर्वसाधारण भनाइ छ ।
आयोजना निर्माणबाट लाभान्बित हुने स्थलका ब्यक्ति मात्रै उपभोक्ता समितिमा हुनुपर्ने सामान्य मापदण्डसमेत मिचेर समिति बनाईंदा निर्वाचन क्षेत्र नम्बर १, २ र ५ मा व्यापक विवाद देखिएको जिल्ला विकास समितिले जनाएको छ ।
विवादकै कारण ती क्षेत्रमा आर्थिक वर्ष समाप्त हुनै लाग्दा करीब ५० प्रतिशत मात्र काम भएको जिविसको तथ्यांकले देखाउँछ ।आफूले अनुगमन गर्न भ्याएका योजनामा भने ९० प्रतिशत काम भएको बताउछन् स्थानीय विकास अधिकारी नारायणप्रसाद पाण्डे ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
प्रतिक्रिया दिनुहोस्