७ असार २०८२, शनिबार | Sun Jun 22 2025


‘कृष्ण सेनका हत्यारालाई राज्यले नै संरक्षण गर्‍यो’


0
Shares

काठमाडौं, जेठ १३ । स्वर्गीय पत्रकार कृष्ण सेन इच्छुकको १४ औं स्मृति दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सेनको स्मृतिमा आज राजधानीमा र्‍याली निकालिएको थियो । र्‍यालीमा सहभागीहरुले १४ वर्ष पुग्दा पनि पत्रकार सेनको हत्याबारे तथ्य बाहिर आउन नसकेको भन्दै दोषीहरुलाई कडा कारवाही गर्न माग गरेका थिए ।

त्यसक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सेन हत्याको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरे । यस्तै पत्रकार सेनकी पत्नी पद्मा सेनले आफुले अझै पनि न्याय नपाएको भन्दै हत्यामा संलग्नहरुलाई राज्यले नै संरक्षण गर्ने गरेको आरोप लगाए ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्य पनि दोषीहरुलाई कारवाहीको माग गरे । २०५९ जेठ ६ गते काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका कृष्ण सेनको जेठ १३ गते प्रहरी नियन्त्रणमा रहकै अवस्थामा हत्या भएको थियो ।