
काठमाडौं, जेठ १३ । विभिन्न यातायात मजदुर संघ, संगठन तथा व्यवसायीहरुले गरेको चक्काजामलाई ध्यानमा राखेर नेपाल प्रहरीले बिहीबार सर्वसाधारण नागरिकलाई सुविधा दिन उपत्यकाका विभिन्न स्थानमा दुईओटा निःशुल्क बस सन्चालन गरी सेवा प्रदान गरेको छ ।
प्रहरीले सन्चालन गरेको बस पुतलीसडक, माइतीघर, कुपन्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै नक्सालसम्म सन्चालन भइरहेको छ ।
त्यसैगरी, अर्को रुटमा बस नक्साल, मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार हुँदै नक्सालसम्म चलिरहेको छ ।
बससेवा विहीबार बिहान १० देखि साँझ ५ बजेसम्म सन्चालन गरिने प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्