काठमाडौं, वैशाख २५ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–२० क्रिकेटको ‘इलिमिनेटर’ खेलमा बुधबार राति दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद खेल्दैछन् ।
राति सवा ८ बजेदेखि विशाखापट्नममा हुने खेलको विजेता दोस्रो ‘क्वालिफायर’मा पुग्नेछ भने पराजित हुने टिम प्रतियोगिताबाटै बाहिरिनेछ ।
दिल्ली सात वर्षमा पहिलोपटक ‘प्लेअफ’मा पुगेको हो । हैदरावाद साविक उपविजेता टिम हो ।
लिगमा दुवै टिमले आपसमा एक/एक खेल जितेकाले पनि इलिमिनेटर खेल रोमान्चक हुने अपेक्षा गरिएको छ ।
सन्दीपको सम्भावना
नेपाली क्रिकेटर सन्दीप लामिछानेले दिल्लीबाट यो खेल खेल्ने सम्भावना तीव्र रहेको छ ।
दिल्लीका तीन स्पिनरहरु अमित मिश्रा, अक्षर पटेल र सन्दीपले खेल्ने अपेक्षा गरिएको छ । अमित र अक्षरले समान ९/९ विकेट लिँदा सन्दीपले ६ खेलबाट ८ विकेट लिइसकेका छन् ।
यो खेलको विजेताले दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससित खेल्नेछ । चेन्नईले पहिलो क्वालिफायर खेलमा मंगलबार राति मुम्बई इन्डियन्ससित ६ विकेटको हार व्यहोरेको थियो ।








प्रतिक्रिया दिनुहोस्