
काठमाडौं, जेठ १३ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नेपालको साँस्कृतिक फाँटमा नयाँ बहस आवश्यक रहेको बताएका छन् ।
इच्छुक स्मृति दिवसको अवसरमा विहीबार राजधानीमा आयोजित कार्यक्रममा वैद्यले संस्कृतिले राजनीतिका लागि वैचारिक आधार तयारपार्ने भन्दै साहित्य र कलाको भूमिका के हो ? भन्ने विषयमा बहस गर्नुपर्ने बताए ।
उनले कृष्णसेन ‘इच्छुक’ले सपना एवं सुन्दर भविष्यको निम्ति जीवनको बलिदान दिएको चर्चा पनि गरे ।
इच्छुक साँस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रगतिवादी धारमा क्रियाशील श्रष्टालाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा १ लाख राशिको इच्छुक स्मृति पुरस्कारबाट राजबहादुर कुँवर एवं चन्द्रा थानीलाई पुरस्कृत गरियो ।
साथै, २५ हजार राशिको इच्छुक प्रतिभा पुरस्कारबाट अक्कलबहादुर पाख्रिन र भारतकी भीमा राइलाई पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्