७ असार २०८२, शनिबार | Sun Jun 22 2025


चक्काजामकाक्रममा २०० प्रदर्शनकारी पक्राउ


0
Shares

काठमाडौं, जेठ १३ । यातायात व्यवसायीले विहीबार गरेको चक्काजाममा तोडफोडमा संलग्न २०२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक माधवप्रसाद जोशीकाअनुसार चक्काजामको अवधिमा ६ सवारी–साधन तोडफोड भएका छन् ।

व्यवसायीले देशभर चक्काजाम गर्ने भने पनि काठमाडौं उपत्यकाबाहिर तोडफोड र पक्राउको घटना नभएको प्रवक्ता जोशीले जानकारी दिए ।

ट्राफिक नियम उल्लंघन गर्नेलाई यही जेठ १ गतेदेखि लागू हुने गरी जरिवाना शुल्क अत्यधिक बृद्धि गरिएको भन्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघलगायत यातायात व्यवसायीसम्बद्ध संघ–संस्थाले विहीबार सार्वजनिक सवारी–साधन नचलाइ विरोधमा उत्रिएका हुन् । रासस