
काठमाडौं, वैशाख २५ । काठमाडौंको टोखा नगरपालिका–६, धापासीमा नवनिर्मित हरिहर मन्दिरको उद्घाटन गरिएको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार एक कार्यक्रमकाबीच मन्दिरको उद्घाटन गरे ।
नवनिर्मित मन्दिरमा यही वैशाख २५ देखि आगामी जेठ १ गतेसम्म विराट महायज्ञ पनि आयोजना गरिएको छ ।
झन्डै दुई रोपनी क्षेत्रफलमा निर्मित हरिहर मन्दिर स्थानीयवासी र टोखा नगरपालिकाको विशेष आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्