
यादव आचार्य (इमेज)
बर्दिया, जेठ १३ । बर्दियामा रेडियमजडित आर्कषक ललिपप खाँदा एकै विद्यालयका तीनजना बालबालिका बिरामी परेका छन् ।
ललिपप मिठाइ खाएर सकिएपछि त्यसमा समाउन प्रयोग गरिने रेडियमयुक्त डन्डी चपाउँदा सानोश्री ताराताल नगरपालिकास्थित अरनिको बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत् तीनजना विद्यार्थी बिरामी परेका हुन् ।
बिरामीपर्नेमा एलिसा थापा, सरोज वली र नवीन रोकाय छन् ।
उनीहरुको बर्दियास्थित गुलरिया अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्