७ असार २०८२, शनिबार | Sun Jun 22 2025


१६ वर्षीया किशोरीले जन्माइन् एकैपटकमा तीन शिशु


0
Shares

जुम्ला, जेठ १३ । जुम्लाको पातारासी–२ तल्फीगाउँकी १६ वर्षीया किशोरी संगीता बोहोराले तीन शिशु जन्माएकी छिन् ।

उनले विहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तीन शिशु जन्माएकी हुन् ।

पहिलो एक हजार ४०० ग्राम, दोसो ८५० ग्राम र तेस्रो शिशु एक हजार ४०० ग्रामको जन्मिएको अस्पतालकी नर्सिङ अधिकृत सविना थापाले जानकारी दिइन् ।

पहिलो र दोस्रो शिशु जीवितै अवस्थामा जन्मिएका छोरा हुन् भने तेस्रो सन्तान छोरी भने मृत अवस्थामा जन्मिएको हो ।

आमाको स्वास्थ्योवस्था भने सामान्य रहेको बताइएको छ । रासस