७ असार २०८२, शनिबार | Sun Jun 22 2025


परिवारलाई थाहै नदिइ भारतमा १० नेपालीको दाहसंस्कार


0
Shares

काठमाडौं, जेठ १४ । देहरादुनको भित्री पहाडी बस्तीमा गत आइतबार राती पहिरोमा परेर ज्यान गुमाउने १० नेपालीको मृतकसम्बद्ध परिवार र दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी नगराई मंगलबारै दाहसंस्कार गरिएको सूचना आएको छ ।

घटनापछि स्थलगल सूचना लिन तथा पहिरो पीडितको उद्धार/समन्वयका लागि बुधबार बेलुका देहरादुन पुगेपछि मात्रै दूतावासको टोलीले सबै मृतकको दाहसंस्कार भइसकेको जानकारी पाएको थियो ।

दूतावासका काउन्सेलर एसपी यादवराज खनाल तथा तृतीय सचिव गणेशप्रसाद अधिकारीसहितको टोली बुधबार राति देहरादुन पुगेको थियो ।

१० जना मृतकको परिवारमा नाता प्रमाणितसहितको आधिकारिक पहिचान दूतावासबाट आएपछि राज्य सरकारले निश्चित (४ लाख रुपैयाँ) सम्म क्षतिपूर्ति दिनसक्नेबारे अधिकारीले जनाउ दिएका छन् । –कान्तिपुर दैनिकबाट