
म्याग्दी, जेठ १४ । म्याग्दीको बेनी नगरपालिका भएर बग्ने म्याग्दी र कालीगण्डकी नदीबाट चोरी निकासी बढ्न थालेको छ ।
यी नदीबाट ढुंगा, गिटी र बालुवाको चोरी निकासी हुन थालेको हो । जिल्ला विकास समितिले नदीजन्य बस्तुको बिक्रीका लागि टेण्डर आह्वान गरे पनि सम्झौता हुन नसक्दा अवैधरुपमा निकासी हुने क्रम बढेको स्थानीयले बताएका छन् ।
जथाभावी ढुंगा, बालुवा निकाल्दा नदीले आफ्नो बहाव परिवर्तन गरेको छ भने तटीय बस्तीहरु जोखिममा परेका छन् । वर्षा सुरु हुने बेलामा नदीजन्य बस्तुको चोरी निकासीमा वृद्धि भएको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्