
लन्डन, जेठ १४ । भारतीय क्रिकेट खेलाडी बिराट कोहली विश्वका सर्वाधिक बजार लिनसक्ने खेलाडीहरुको सुचीमा तेस्रो नम्बरमा आएका छन् ।
खेलकुदसम्बन्धि पत्रिका ‘स्पोर्ट्स प्रो’ ले गरेको एक सर्वेक्षणले कोहलीलाई बजार सम्भावनाको हिसाबले अर्जेन्टाईनी फुटबल खेलाडी लियोनल मेस्सीभन्दा अगाडि देखाएको छ ।
विश्व बजारले सर्वाधिक रुचाएका खेलाडीहरुको सुचीमा कोहलीभन्दा अगाडि अमेरिकी बास्केटबल खेलाडी स्टेफेन करी र फ्रेन्च फुटबल खेलाडी पउल पोग्बा रहेका छन् । तेस्रो नम्बरका कोहलीले बार्सिलोनाका लियोनल मेस्सी, सर्वियाका टेनिस खेलाडी नोभाक जोकोभिच, जमैकाका धावक युजेन बोल्ट लगायतका समकालिन विश्वका चर्चित हस्तीहरुलाई निकै तल छोडेका छन् ।
यो सुचीको शीर्ष ५० भित्र पर्ने अर्को भारतीय खेलाडी टेनिसकी सानिया मिर्जा हुन् ।
बेलायती पत्रिका स्पोर्ट्स प्रोले गरेको यो सर्वेक्षणलाई खेलकुदका कतिपय पण्डितहरुले भने अपूर्ण भएको बताएका छन् । सर्वेक्षणमा खेलाडीहरुको बजार हिस्सा भने सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्