
काठमाडौं, जेठ १४ । आन्दोलनरत संघीय गठबन्धनले राष्ट्रिय समस्यालाई सम्बोधन गर्न सरकार असफल भएको निष्कर्ष निकाल्दै आन्दोलनलाई कडा बनाउने निर्णय गरेको छ ।
आज राजधानीमा बसेको गठबन्धनको बैठकले गठबन्धनकै नाममा पत्र आए वार्ता गर्न सकिनेसमेत जनाएको छ ।
सरकारले अझै पनि परिणाममुखी वार्ता नचाहेको आरोप पनि गठबन्धनले लगाएको छ ।
बैठकमा उपेन्द्र यादव, शरतसिंह भण्डारी लगायत नेताहरु सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्