२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


‘गठबन्धनको नाममा पत्र देऊ’


0
Shares

काठमाडौं, जेठ १४ । संघीय गठबन्धनले आफ्नो नाममा वार्ताको आह्वानसहित पत्र आए सरकारसँग वार्तामा बस्न सकिने निर्णय गरेको छ ।

शुक्रबार राजधानीमा बसेको गठबन्धनको बैठकले आफ्नो नाममा पत्र आए सरकारसँग वार्तामा बस्न सकिने निर्णय गरेको हो ।

बैठकले सरकारले आफूहरुलाई वार्ताका लागि नबोलाई पत्र लेखेको अभिव्यक्ति दिएको भन्दै आपत्तिसमेत जनाएको छ ।

अझैपनि सरकारले परिणाममुखी वार्ता नचाहेको भन्दै गठबन्धनले वार्ताबाट निकास खोज्नका लागि गम्भीर हुन पनि सरकारलाई आग्रह गरेको छ ।

बैठकले आफ्ना मागहरुको बेवास्ता गरे जेठ १७ गते आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय पनि गरेको गठबन्धनका प्रवक्ता पर्शुराम तामाङले जानकारी दिए ।

बैठकमा राजधानीकेन्द्रित ओन्दोलबारे समीक्षा भएको जनाइएको छ । यसअघि सरकारले मधेशी मोर्चालाई वार्ताका लागि आह्वान गर्दै पत्र पठाएपछि संघीय गठबन्धनका नेताहरुबीच वार्तामा जाने÷नजाने भन्ने विषयमा मतभेद भएको थियो ।