
डिल्लीराज पन्त (इमेज)
कन्चनपुर, जेठ १४ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा शुक्रबार नेपाली कांग्रेसनिकट विद्यार्थी र नेकपा एमालेनिकट विद्यार्थीहरुबीच झडप भएको छ ।
विश्वविद्यालयमा तालाबन्दी नगर्ने सहमति गरेका विद्यार्थी संगठन र विश्वविद्यालयका पदाधिकारीबीच छलफल भइरहेका बेला एकाएक उनीहरुबीच झडप भएको हो ।
झडपमा नेवि संघका जिल्ला उपाध्यक्ष रोहित बडु र अनेरास्ववियुका जिल्ला सदस्य मदन चन्द घाइते भएका छन् ।
बडुको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ ।
चन्दको अवस्था भने सामान्य रहेको जनाइएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्