
रसुवा, जेठ १४ । प्रथम लाङटाङ–गोसाइँकुन्ड हाफ म्याराथन दौड प्रतियोगिता गरिने भएको छ ।
रसुवाको सदरमुकाम धुन्चेमा शुक्रबार पत्रकार सम्मेलन गरी आयोजक ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान)ले यही जेठ १६ गते हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
गोसाइँकुन्डबाट सुरु हुने प्रतियोगिता २१ किलोमिटर दुरी पार गर्दै सदरमुकाम धुन्चेमा पुगेर समापन हुनेछ ।
प्रतियोगितामा दुई विदेशीसहित २३ जना महिला तथा दुई विदेशीसहित ७७ जना पुरुष सहभागी हुने आयोजकले जनाएको छ ।
‘भूकम्पबाट क्षतिग्रस्त लाङटाङ गाँउमा खुसी ल्याउन सहयोग गरौं’ भन्ने नाराकासाथ संघको आफ्नो ३८औं स्थापना दिवसको अवसरमा प्रतियोगिता गर्न लागेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्