
काठमाडौं, जेठ १४ । नेपाल विद्यार्थी संघले सरकारविरुद्ध शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ ।
महंगी तथा कालोबजारी नियन्त्रण गर्न नसकेको, भ्रष्टाचार व्यापक बनेको भन्दै नेवि संघले बागबजारमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।
चर्को बजार मूल्यले सर्वसाधारणको दैनिकी चौपट भइरहँदा प्रधानमन्त्री ओली भने हावादारी कुरा गर्दै हिँडेको आरोप पनि सो अवसरमा विद्यार्थीहरुले लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्