
सुनसरी, जेठ १४ । सुनसरीको इनरुवा नगरपालिकालाई जिल्लाको पहिलो पूर्णसाक्षर नगरकोरुपमा घोषणा गरिएको छ ।
शुक्रबार एक कार्यक्रमबीच इनरुवालाई पूर्णसाक्षर नगर घोषणा गरिएको हो ।
यसका साथै नगरपालिकालाई पूर्णजन्मदर्ता, खुलादिसामुक्त, छुवाछुतमुक्त, सरसफाइ, बालश्रममुक्त र बालविवाहमुक्त नगर पनि घोषणा गरिएको छ ।
कार्यक्रममा हास्य कलाकार सिताराम कट्टेल धुर्मुस, सांसद सिताराम मेहता, स्थानीय विकास मन्त्रालयका पदाधिकारी, कलाकारहरु, सुनसरीका विभिन्न सरकारी कार्यालयका प्रमुख र स्थानीयबासीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्