२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


पाकिस्तानमा बम बिस्फोट, पाँच जनाको मृत्यु


0
Shares

लाहोर, वैशाख २५ । पाकिस्तानको लाहोरस्थित सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिद नजिकै बुधबार भएको बिस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु हुनका साथै २४ जना घाइते भएका छन् । मृतक पाँचमध्ये तीन जना सुरक्षाकर्मी रहेको जनाइएको छ ।

प्रहरीका अनुसार हमलाकारीले सुरक्षाकर्मीको एउटा गाडीलाई निशाना बनाएर विस्फोट गराएका थिए । हमलाको जिम्मेवारी कसैले पनि लिएको छैन ।

मस्जिद बाहिर तैनाथ प्रहरीको गाडीलाई निशाना बनाएर विस्फोट भएको लाहोर प्रहरीका उच्च अधिकारीले जनाएका छन् ।

प्रहरीले बिस्फोटको अनुसन्धान शुरु गरिसकेको जनाएको छ । उक्त मस्जिदमा सन् २०१० मा पनि आक्रमण भएको थियो । उक्त आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो । (एजेन्सी)