
काठमाडौं, जेठ १४ । ट्राफिक नियमविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र सरकारबीच शुक्रबार भएको वातामा सरकारीपक्षले व्यवसायीका मागलाई विभिन्न मन्त्रालय पुर्याउने सहमति भएको छ ।
सहमतिसँगै व्यवसायीहरुले तत्काल कुनै बन्द, हडताल तथा चक्काजाम नगर्ने प्रतिबद्धता जनाएका छन् ।
यातयात व्यवसायी, विभिन्न पार्टीसम्बद्ध ट्रेड युनियन र सरकारीपक्षबीच शुक्रबार दिनभर भएको थियो ।
वार्तामा व्यावसायीका माग जेठ १८ भित्र विभिन्न मन्त्रालयहरुमा पुर्याउने सहमति भएको हो ।
यातायात व्यवसायीले ट्राफिक जरिवाना पुर्नविचार गर्नुपर्ने, बिमा रकम बढाउनुपर्नेलगायतका ६ बुँदे माग राखेका छन् ।
आफूहरु आन्दोलनको स्वरुप परिवर्तन गरी रचनात्मक आन्दोलन जारी राख्ने पक्षमा रहेको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
प्रतिक्रिया दिनुहोस्